माङसेबुङ(इलाम)। प्रस्तावित आत्मानन्द रंगशाला माङ्सेबुङमा जारी आत्मानन्द कपको सेमिफाइनल चरण बुधबार पुरा भएको छ ।
दार्जिलिङ भारत र तिजोक पाँचथर बीचको खेल सकिए सङ्गै सेमिफाइनल चरण सकिएको हो । ३–० गोल अन्तरले जित निकाल्दै तिजोक अर्को चरणमा प्रवेश गर्यो । पहिलो हाप गोलरहित टुंगियो । दोस्रो हापमा दार्जिलिङ समालिएर खेल्न सकेन । तिजोकको जितमा बिनोद धमला, निर्देश राई र योगेन कार्कीले एक/ एक गोल गरे । खेलको १७ औं मिनेटमा बिनोद धमलाले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए। त्यसपछि खेलको २८ औं मिनेटमा निर्देश राईले गोल गर्दै अग्रता दोब्बराए । खेलको अन्तिम ३५ औं मिनेटमा योगेन कार्कीले गोल गर्दै तिजोकलाई ३–० को सानदार जित दिलाए । खेलको वेस्ट प्लेयर अफ द म्याच विजेता टिम पान्थरका बिनोद धमला घोषित भए । उनले नगद ३ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
फाईनलको यात्रा तय गरे संगै तिजोकले उपाधि रक्षाको लागि माङसेबुङ गाउँपालिकासँग भिडन्त गर्नुपर्नेछ । सो स्पर्धा आईतबार(मंसिर १७) हुनेछ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा प्रतियोगिता भइरहेको छ । १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्


123 पटक हेरिएको 








