सरकार गिराउने र बनाउनेमा राजनीति दलहरु अलमलियो: साम्सद लिम्बु

पथरी । कोशी प्रदेश सभा सदस्य मान बहादुर लिम्बुले सरकार गिराउने र बनाउनेमा राजनीति दलहरु अलमलिएको कारण खिन्नता आएको बताएका छन् ।

शनिबार शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको १५ औं साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन ।`यो प्रदेशको बिडम्बना के रहयो भने तपाईंहरुले हामीलाई निर्वाचित गर्नु भयो, धेरै विश्वास र भरोसाको साथ ।´ उनले थपे, `तर बहुमत नपुग्दा बिश्वासको मत नपुगेर सरकार गिराउने र बनाउनेमा राजनीति दलहरु अलमलिएको कारणबाट हामीमा केही खिन्नता भएको छ ।´ प्रमुख अतिथि समेत रहेका लिम्बुले १ वर्ष स्थिर सरकार नहुदा दु:खमा गुज्रिएको बताए ।`हामीले जे गर्नुपर्ने हो, त्यो गर्न नसकेकै हो । प्रदेशले स्थिर सरकार नपाउदासम्म पिडा र दु:खबाट १ वर्ष गुज्रिऔं ।´उनले बिगत स्मरण गरे । अहिले स्थिर सरकार पाएको भन्दै सरकारले प्रतिस्थापनमार्फत केहि कार्यक्रमहरु बढाएकाले बनलाई जोडदै अगाडि बढने आश्वासन दिए ।

सभामा फेकोफन प्रदेश महासचिव रेनुका दाहाल, सदस्य अग्नि पौडेल, वडा नम्बर १ का अध्यक्ष भिम राईलगायतले सम्बोधन गरेका थिए । १ हजार १५ सदस्य उपभोत्ता संङख्या रहेको समुहको १ सय ९८ हेक्टर क्षेत्रफल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार