नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन - Sewaropost

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन

अधिबेशनले अध्यक्ष लोक चेम्जोङसहित २७ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ। समितिको वरिष्ठ उपाध्यकमा ओमराज सम्बाहाङ्फे न्यूयोर्क, उपाध्यक्षत्रयमा चिना योन्जन, सुमन बुढामगर न्यूयोर्क, महासचिवमा शेखर राई न्यूयोर्क, सचिवमा टंक सेलिङ न्यूयोर्क, कोषाध्यक्षमा सुवर्ण शाक्य र सदस्यहरुमा क्रमशः केशबराम राई, काजी शेर्पा, राम लिम्बु, तोङसा योङया, गणेश राई, मात्रिका गुप्ता, भीम माबो, मादी देवान, हरि प्रसाद जवेगु, गजेन्द्र सुब्बा, मिना चेम्जोङ, सेहाङ नेम्वाङ, देशहाङ हुक्पा चोङबाङ, मणि चेम्जोङ, देव पुन, भीमबहादुर थापामगर, लाल घले, प्रकाश परिवार, बिनोद राई, सामदेनला रुईत शेर्पा चयन भएका छन।

अधिवेशनमा जनता समाजबादी पार्टी नेपाल(जसपा))का राजनीतिक समिति सदस्य तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ , राजनीतिक समिति सदस्य तथा प्रवास कमिटी ईन्चार्ज आङकाजी शेर्पा, केन्द्रीय सल्लाहकार डा.महेन्द्र लावती, केन्द्रीय सदस्य तथा प्रवास कमिटी सहईन्चार्ज पार्वती थापा मगर, प्रवास विशेष समितिका अध्यक्ष विश्वासदिप तिगेला साथै विभिन्न देशका प्रमुख तथा प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार