फोनिज प्रदेश कोषाध्यक्ष देवानमाथि दुर्व्यवहार

कारबाही गर्न प्रशासनसमक्ष अपिल

विराटनगर । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङघ(फोनिज)का प्रदेश कोषाध्यक्ष प्रेम देवानमाथि दुर्व्यवहार भएको छ ।

बिहिबार स्थानीयवासी र पीडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउको समाचार संकलनका लागि पुगेका देवानलाई आन्दोलन पक्षका केही समूहले दुर्व्यवहार गरेका हुन् ।
आन्दोलन पक्षले बारबार फोन गरेपछि समाचार संकलनका लागि महानगर परिसर पुगेको देवानले दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग समेत राखेका छन् । ‘आन्दोलन पक्षले बारबार फोन गरेपछि म समाचार संकलनका लागि विराटनगर महानगरपालिका पुगको हुँ, ’उनले भने,‘ पुग्ना साथ हातपातको प्रयास भएको हो ।’

ओबीले एक बक्तब्य जारी गर्दै आक्रमणकारीलाई पक्राउ गरि आवश्यक कारबाही गर्न प्रशासनसमक्ष अपिल गर्दै न्यायको लागि पहल गरिदिन सरोकारवाला संघ सस्थाहरुलाई आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार