पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समूह पथरी शनिश्चरेको मतगणना सुरु भएको छ । निर्वाचन समितिले आयोजना गरेको सर्वपक्षीय छलफलको निर्णयअनुसार शनिबार ७;३० बजेदेखि मतगणना सुरु भएको हो । ४ बजेसम्म हुने निर्वाचनमा १ हजार १७ मतदान मध्ये ९ सय ६३ मतदान गरेका छन् ।

फोटो: तिम्मा न्युज।
बन समितिको पदाधिकारी तथा सदस्यहरुमा ३२ जना निर्वाचनमा स्पर्धारत छन् । एक अध्यक्ष पदका लागि जना पूर्णबहादुर तामाङ (पाख्रिन) इन्द्रबहादुर राई (आइबि) कुलबहादुर गुरुङ (कुलमणि) र हेमभक्त गुरुङ प्रतिस्पर्धारछन । निवर्तमान समितिमा हेमभक्त गुरुङ उपाध्यक्ष, कुलबहादुर गुरुङ (कुलमणि) कोषाध्यक्ष, पूर्णबहादुर तामाङ र इन्द्रबहादुर राई आइबी सदस्य रहेका थिए ।
यस्तैगरि एक उपाध्यक्ष पदको लागी नवराज मिश्र, सुनमाया घिसिङ (तारा), गोपाल तामाङ र तकवीर लिम्बु सहित ४ जना चुनाबी मैदानमा भिड्दैछन । निवर्तमान समितिमा नवराज मिश्र सह सचिव गोपाल तामाङ सदस्य सुनमाया समूहका सदस्य थिए भने तकवीर लिम्बु पूर्व कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए ।
१ जना सचिव पदको लागी अनिता थापा र दानबहादुर बोहोराको उम्मेद्धवारी रहेको छ । बोहोरा २०६२ साल र २०६४ मा सचिव २०७१ मा अध्यक्ष पदमा चुनाव लडेर पराजित भएका थिए भने यस पटक पुन: सचिव पदममा उम्मेद्धवारी दर्ता गराएका छन ।
अनिता थापा भने समुहको सदस्य तथा निवर्तमान सह अध्यक्ष स्वा. प्रकाश थापाको श्रीमती हुन ।
यस्तै सहसचिव पद्को लागी केदारर श्रेष्ठ रर सिता धिमालको उम्मेद्धवारी परेको छ । निवर्तमान समितिमा दुबैजना सदस्य पदमा थिए ।
यस्तै कोषाध्यक्ष सुभद्रा निरौला खत्री र रोमान्सी धिमालले प्रतिस्पर्धा गर्दैछन । रोमान्सी धिमाल निवर्तमान समितिमा सचिव पदमा मनोनित भएकी थिइन भने सुभद्रा समुहको उपभोत्ता सदस्य हुन ।
५ वटा पदाधिकारीको कार्यकारी पदहरुमा ५० प्रतिशत महिला अनिबार्य हुनुपर्ने ब्यवस्था रहेको छ ।
यस्तै सदस्यहरुमा मिलन राई, चित्रकला राई, सोमराज राई, सुमन कार्की, सन्तोष गुरुङ, काजीमान बिश्वकर्मा, अमितबहादुर लिम्बु, गंगाबहादुर तामाङ, थमानसिङ दर्जी चिररन्जवि कार्की, टेकबहादुर श्रेष्ठ रर हरिमाया गुरागाई प्रसाईले खुल्ला सदस्यमा उम्मेद्धवारी दर्ता गराएका छन ।
यस्तै महिला सदस्य पदको लागी दिलकुमारी केदेम लिम्बु, अम्बिका लिम्बु, गोमा खड्का, जानुकादेवी दाहाल ढकाल, बन्दना कट्टेल, सरिता राई फोम्बोको उम्मेद्धवारी रहेको छ ।
गत मंसिर १६ गते समूहको कार्यालय परिसरमा १५ औं चुनावी साधरणसरभा सम्पन्न भएको थियो ।


83 पटक हेरिएको 












