२४ मत अन्तरले शान्ति बनको अध्यक्षमा गुरुङ निर्वाचित

पथरी । शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको अध्यक्षमा कुलमणि गुरुङ निर्वाचित भएका छन् ।

निकटतम स्पर्धीलाई २४ मतले पछि पार्दै गुरुङ निर्वाचित भएका हुन् । गुरुङले ३ सय २० मत ल्याउदा आईबी राईले २ सय ९६ मत मात्रै ल्याए । अर्का अध्यक्षको उम्मेदवारद्वय पुर्ण बहादुर तामाङले २ सय १८ मत र हेम भक्त गुरुङले ७९ मत प्राप्त गरे । उपाध्यक्षमा नवराज मिश्र २ सय ५९ मतको साथ विजयी भए । सचिव पदमा ४ सय ३१ मत प्राप्त गर्दै अनिता थापा विजयी भइन । सहसचिव पदमा सिता धिमाल निर्वाचित भइन । रोमान्सी धिमालले ४ सय २ मतको साथ कोषाध्यक्ष पदमा निर्वाचित भइन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार