पथरी । मोरङको कानेपोखरी गाँउपालिका ७ मा मोटरसाईकलको ठक्करबाट घाईते एक जेष्ठ नागरिकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०२२प ०४०४ नम्बरको मोटरसाईकलले पैदलयात्री पथरीशनिश्चरे १० बस्ने बर्ष ६५ का रत्न बहादुर श्रेष्ठलाई ठक्कर दिदाँ घाईते भएका बृद्धको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाईकल चालक झापाकाे मेचीनगर नगरपालिका १० का २८ बर्षिय अर्जुन राजवंशीलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।


109 पटक हेरिएको 







