फरार प्रतिवादी महिला पक्राउ

बिराटनगर ।  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको पीआईटी समूहबाट खटिएको प्रहरी टोलीले बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धामा उच्च अदालत बिराटनगरको पुष २ गतेको फैसलाअनुसार ३ दिन कैद र नगद १ लाख ५० पचास हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेका इटहरी उप-महानगरपालिका-५ सुनसरीकी ३४ बर्षीया सन्जु बस्नेतलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पक्राउ गरेको हो । उनीलाई अदालतमा उपस्थित गराइ तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार