मिक्लाजुङ(मोरङ) । प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरु पनि कतिपय मन्त्रालयहरुले पुरा नगरेको र त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार आयोजित जनसभामा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहालले सो कुराको प्रतिबद्धता व्यक्त गरेका हुन् । `मैले सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनिहरुका कामहरु कसरी भएका छन् । अब ठीक ढंगले काम भएन । आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरुपनि कतिपय मन्त्रालयहरुले पुरा गरेका छैनन् ।´ उनले थपे, `त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने तिर मैले प्रतिबद्धता व्यक्त गरेको छु।´ १ वर्ष पुरा हुन लागेको, तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउदै उनले सुशासनको पक्षमा सामाजिक, न्यायको पक्षमा र समृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको दाबी गरे । पुस १० गते मेरो १ वर्ष पुरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लाने बताए । प्रदेश नामाकरणको विषयमा जनताको चिन्ता चिन्तन राम्रोसँग थाहा भएको बताउदै उनले सबै राजनीति दलहरु र आन्दोलनरत सबै संस्थाका नेताहरुसँग संवाद गरेर सकारात्मक ढंगले यसलाई समाधान गर्न पहल रहने विश्वास दिलाए ।


119 पटक हेरिएको 












