सिरिजङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

 181 पटक हेरिएको

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नामको अवसरमा भएको प्रतियोगितामा शनिबार तीन  खेल भयो । पथरी शनिश्चरे नगरपालिकाकी उप प्रमुख देबीमाया काफ्लेले प्रतियोगिताको उदघाटन गरिन । प्रतियोगितामा सालबारी युवा क्लब(उर्लाबारी), एपीएफ (इटहरी) र बेलबारी फुटबल क्लब `ए´ले विजयी सुरुवात गरेको छ । उर्लाबारीले रानी प्रहरी बिराटनगरलाई, इटहरीले उर्लाबारी भलिबल क्लबलाई र बेलबारीले एभरेस्ट बोर्डिङ स्कुल पथरीलाई पराजित गर्‍यो । भोलि आइतबार पनि तीन खेल हुनेछ । फाइनल भने पुष १० गते हुनेछ । सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेतालाई ४० हजार नगद, ट्रफी र प्रमाण पत्रहरु प्रदान गरिने आयोजक समितिका सदस्य मणि लुङ्फुङ्वा लिम्बूले बताए । १० टिम सहभागी प्रतियोगिताको दोस्रो पुरस्कार पथरी शनिश्चरे-१ निवासी समाजसेवी स्व.जहरमान थलङ लिम्बुको सम्झनामा छोराछोरी (पुर्ण थलङ, अमृत थलङ, सरोस्सता थलङ)ले  प्रायोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार