उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका-७ स्थितबाट अवैध काठ बोकेको ट्रक सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो राती ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-००२ ख ००६२ नम्बरको ट्रकबाट ५ सय ६० क्युवि फिट अवैध उतिसको गोलिया काठ बरामद गरेको हो । अवैध काठ वरामद भए संगै उक्त ट्रक र चालक बेलबारी-४ मोरङका सोम बहादुर भुजेल, सह-चालक लालीगुराँस नगरपालिका-३ तेह्रथुमका केदार बानिया समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय बेल्टारमा बुझाएको छ ।


75 पटक हेरिएको 












