पथरी । मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट अभद्र ब्यवहार मुद्धा र चोरी मुद्धाका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
अभद्र ब्यवहार मुद्धामा जिल्ला अदालत मोरङको गत फागुन ११ गतेको फैसला आदेशले २ महिना कैद र २ हजार रुपैया जरिवाना भई फरार रहेका पथरीशनिश्चरे- ४ का २६ बर्षीय अनिल मगर र २४ बर्षीय छोटु कान्छा भन्ने तुलाराम देवानलाई प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले खोजतास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । त्यस्तै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धामा सुनसरी जिल्ला अदालतको २०७७ साल असोज २९ गतेको फैसलाले ९ दिन कैद र १ हजार रुपैया जरिवाना भई फरार रहेका धरान- ३ का ३५ बर्षीय राजु तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा बुझाईएको प्रहरीले जनाएको छ ।


131 पटक हेरिएको 








