पथरी । वाबु (चिण्डो)को प्रतिमा मोरङको किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समितिलाई मङ्गलबार हस्तान्तरण गरेको छ ।
पथरी साकेला थानमा निर्माण भएको वाबुको प्रतिमा उद्यौली साकेला चाडको अवसरमा अनावरणसंगै हस्तान्तरण गरेका हुन् । प्रतिमा किरात राई यायोक्खा केन्द्रिय उपमहासचिव अर्जुन जम्नेली राई, दिगवंत हस्तबहादुर बाली साम्पाङकी कान्छी पत्नी राङ्कासोर राईको हातबाट अनावरण गरियो ।
पथरी शनिश्चरे ७ लामाटोलीका दिगंवत हस्तबहादुर बाली साम्पाङ राई (लक्ष्मी हवल्दार), जेठी र माइली पत्नि रणमाया बुङ्छेन राई, सुकमाया राङ्कासोर राईको स्मृतिमा कान्छी पत्नी लच्छीमाया राङ्कासोर राई लगायत बाली साम्पाङ परिवारले सो प्रतिमा निर्माण गरीदिएका हुन् । बाली साम्पाङ परिवारको तर्फबाट झापा कमल गाउँपालिका यायोक्खा अध्यक्षसमेत रहेका शान्तोष बाली साम्पाङ राईले वाबु निर्माणको सन्दर्भमा विचार व्यक्ति गरेका थिए भने यायोक्खा पथरीशनिश्चरे नगर समितिले निर्माण परिवारलाई खादा लगाएर स्वागत सम्मान गरेका थिए ।
प्रतिमा अनवरणसँगै बालि साम्पाङ परिवारको तर्फबाट लच्छीमाया राङ्कासोर राईको हातबाट किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिका अध्यक्ष प्रेम वाम्बुले राई मार्फत यायोक्खालाई स्वामित्व हस्तान्तरण गरेका छन् । स्वामित्व हस्तान्तरण कार्यक्रममा पथरीशनिश्चरे नगरका पूर्ब नगर प्रमुख दिलिपकुमार राई, यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, पथरी शनिश्चरे नगरका सूचना सम्पादक शान्तोष बाली साम्पाङ राई, प्रतिमा निर्माण गर्ने बाली साम्पाङ परिवार र यायोक्खा नगर समितिका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो। यलम्बरको शालिकदेखि वाबुको प्रतिमासम्म साकेला टाली ढोल, झ्याम्पासहित पुगेका थिए ।
साम्पाङ परिवारका छोराहरु महालाल साम्पाङ राई, टेकबहादुर राई, हर्कजंङ, रुपमान राई, बालकुमार राई, खड्गबहादुर राई, ताराबहादुर राई, छोरीहरु शान्तिमाया, मैनाकुमारी, फुलकुमारी, लक्ष्मीकुमारी, पूर्णमाया, भविमाया राई, छोरा र छोरी पटिका नाति, नातिनी लगायतद्वारा वाबुको प्रतिमा निर्माण गरिएको थियो ।
नौ लाख ५३ हजार ९९३ रुपैयामा साकेला थान स्थित पोखरीको वीचमा निर्माण भएको प्रतिमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिलाई हस्तान्तरण गरेको हो । उल्लेखित बजेट बाहेक प्रतिमा निर्माण गर्दा बाली साम्पाङ परिवारबाट श्रम लगानी भएको सन्तोष राईले बताए ।
यसैवीच, यायोक्खाले पथरी साकेला थानमा उद्यौलीको पर्व समेत मनाएको छ ।


121 पटक हेरिएको 












