पेसागत महासङ्घ पथरी शनिश्चरेमा पराई

पथरी । पेसागत महासङ्घ, पथरी शनिश्चरेको प्रथम नगर अधिवेशन सम्पन्न भयो । अधिवेशनले नगर समिति चयन गरेको छ । समितिको अध्यक्षमा रोहित पराई (ने.रा.शि.स.), उपाध्यक्षद्वयमा शिव राई (निजामति), राधा नेपाल (स्वास्थ्य), सचिवमा लुकनाथ पोखरेल (निजामति), सहसचिवमा दीपक खतिवडा (ने.रा.शि.स.) र कोषाध्यक्षमा कपिल अधिकारी (विफु) रहेका छन् । त्यस्तै
सदस्यहरूमा रीताकुमारी धिमाल (ने.रा.शि.स.), डिल्लीराम बराल (ने.रा.शि.स.), मञ्जु ओझा (ने.रा.शि.स.), डगेन्द्र घोर्साने (स्वास्थ्य), जितेन लिम्बू (स्थानीय निकाय), गीता कट्टेल (स्थानीय निकाय), सविना राई (स्थानीय निकाय), इन्द्रप्रसाद पराजुली (इन्जिनियरिङ), लक्ष्मी ढुङ्गेल (पब्लिक क्याम्पस प्राध्यापक) र नेत्र आचार्य (संस्थान)
रहेकोे वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार