शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ९ को कार्यालयले कृषकहरुलाई बेमौसमी तरकारी तालिम दिएको छ ।
तालिम वडाको सभा हलमा पुस १३, १४ र १५ गते तीन दिनसम्म सञ्चालन भएको थियो । वडाको १ लाख रुपैयाँको बजेटबाट सो तालिम आयोजना गरिएको वडा अध्यक्ष वीरबहादुर राईले जानकारी दिए। तालिम पश्चात् तालिममा सहभागी किसानहरुलाई एक/एक वटा हजारी, सब्जीको बिऊ र पेनल पनि वडाध्यक्ष राईले वितरण गरेका छन् ।


127 पटक हेरिएको 












