२ जना फरार लागु औसतका प्रतिवादी पक्राउ

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूहले लागुऔषध मुद्धाका २ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको २०७५ साल असार ५ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना २० दिन कैद र नगद ३ हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका धरान उप-महानगरपालिका- १३ का २६ बर्षीय आशिष गुरुङ र सोहि मुद्धामा मोरङ जिल्ला अदालतको  २०७८ साल पुस १४ गतेको सजाय निर्धारण फैसलाले १ बर्ष ११ महिना १३ दिन कैद र नगद १ लाख रुपैया जरिवाना भई फरार रहेका ईटहरी उप-महानगरपालिका- ४ कि ४१ बर्षीया सपना सिंहलाई खोजतालस गर्ने क्रममा गाँउघरमानै लुकिछिपी बसेको अबस्थामा फेला पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला कारगार पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार