उर्लाबारी । धिमाल जातीय विकास केन्द्रकाे भातृसंस्था धिमाल महिला संघकाे छैठाै राष्ट्रिय अधिवेशन धिमाल परियाेजना स्थल, मंगलबारे (माेरङ) सकिएको छ ।
अधिवेशनले अध्यक्षमा मिना धिमाल (ईटहरी), उपाध्यक्षद्वयमा रविना धिमाल (अठ्याबारी), जागिनि धिमाल (डाकिनि,) महासचिवमा रिना धिमाल (तिलाईझार), सचिवत्रयमा मनिता धिमाल (ठुलाे अर्नाखाडी), अनुसाधिमाल (खाईबा टाेल), उमा धिमाल (ठुलाे अर्नाखाडी) र काेषाध्यक्षमा चन्द्रमाया धिमाल (पथरी) लाई निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा वबि धिमाल (सेतुमारी), सरिता धिमाल (जनघाटा), सुनिता धिमाल (कारिकाेशी), शर्मिला धिमाल (सेतुमारी), दिलकुमारी धिमाल (जम्मुझार), लिला धिमाल (ताराबारी), अप्सरा धिमाल (डाँडागाउँ), कल्पना धिमाल (चरकपाडा), शाेभा धिमाल (उर्लाबारी), मन्दिरा धिमाल (भुसी) लगायत ३ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय समिति सर्वसम्मत चयन गरिएकाे छ ।


124 पटक हेरिएको 












