पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरे २ मोरङ्को दोस्रो वार्षिक साधारणसभा सप्पन्न भएको छ ।

बुधबार भएको सभामा लिमिटेडका अध्यक्ष अशोक कुमार राईद्वारा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । लिमिटेडले ३ लाख ५२ हजार ७ सय ९९ आम्दानी, ५ लाख ८८ हजार ८१ र ९२ लाख ३५ हजार २ सय ८२ शुद्ध मुनाफा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन तुम्बापोले हरियालीले आफ्नो कार्यक्रमलाई सामुहिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नगरपालिकाले कानुन अनुसार हरियोसङ्ग सहकार्य गर्ने जनाए । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष उद्दब बस्नेत, हरियाली सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष काबुल बहादुर मगर(बिकास), शेयर धनी भद्रमान विश्वकर्मा, केशव प्रसाद दाहाललगायतले शुभकामना व्यक्त गरेका छन् । सभाले शेयर खुलाउने निर्णय गरेको लिमिटेडका संचालक सदस्य रोहित बास्तोलाले बताए । लिमिटेडमा ८ सय ६१ जना शेयरधनी रहेको छ ।


185 पटक हेरिएको 





