लर्ड बुद्धको स्थापना दिवस: ७३ पिन्ट रगत संकलन, ३३ जना सदस्य थपियो 

पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरे २ मोरङ्ले आफ्नो स्थापना दिवस मनाएको छ ।

बुधबार सहकारीको मुख्य कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । नेपाल रेडक्रस सोसाईटी, उपशाखा कार्यालय, उर्लाबारीको प्राविधिक सहयोगमा भएको खुला रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ । रेडस्टार ईङलिस बोर्डिङ, शान्ति टोल विकास समिति, नमस्ते बुद्ध ईन्भेष्टमेन्ट कम्पनी, इङ्घङ मिडिया प्रा.लि., गरिमा विकास बैङ्क लि., पञ्चायत मावि, यामाहा शोरूप, लोटस कम्प्युटर सप्लायर्स, शब्द थिएटर, गोर्खा डिपार्टमेन्ट स्टोर, सुनाखरी मावि, स्वर्णलक्ष्मी साकोस, सुचारु कृषि सहकारी सस्था लि., स्वर्गिक मार्ग संघ, डिलाईट पेन्ट उद्योग, वाल्मीकि मेमोरियल बोर्डिङ स्कुल, गुहेश्वरी मेर्चेण्ड बैङ्किङ एण्ड फाईनान्स, मेची बहुउद्देश्यीय सहकारी सस्था लि., मनोटर होटल एण्ड पार्क, होटल साल्पा र रेडियो सिम्रिकले रक्तदान कार्यक्रममा संस्थागत सहभागिता जनाएको छ । ५ जना भन्दा बढी रक्तदाता सहभागी गराउने संघ संस्थालाई सम्मानित गर्ने संस्थाको नियमअनुसार रेडस्टार र शान्तिलाई सम्मान गरिएको छ । रेडस्टारमार्फत ८ जना र शान्ति टोल विकास समितिमार्फत ५ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा, उर्लाबारीले आर्थिक बर्ष २०७९/०८० मा दोश्रो सर्वाधिक रगत दान गराएवापत उपशाखाका सभापति भानु पराजुलीले लर्ड बुद्धलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे । कार्यक्रममा ३३ जनाले सदस्यता ग्रहण गरेको छ ।

लर्ड बुद्ध डिभिजन सहकारी कार्यालय, मोरङमा पुष २५ गते संस्था दर्ता भएको हो । २०६५ सालदेखि रक्तदान कार्यक्रम सस्थाले गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार