हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका- ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

बुधबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले बिपरित दिशाबाट आँउदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते  रौतामाई गाउँपालिका-७ का ३८ बर्षीय तुलसी मङरातीको  उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।  ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका- १० का ४५ बर्षीय किश्वर पाण्डेलाई हायस सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार