ताप्लेजुङ । जिल्लाको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको ९१ तोला ८९ लाल सुन भण्डारण गरिएको छ ।
२०७९ साल भदौ ७ गतेदेखि २०८० साल मंसिर १६ गतेसम्मको उक्त सु भण्डारण गरिएको कार्यकारी निर्देशक प्रजिन हाङवाङले जनाए । पाथीभरा क्षेत्र विकास समितिको बैठकले निर्णय गरेर नेपाल सुनचाँदी व्यवसायी सँघसँग समन्वय गरेर पुस २० गतेदेखि २४ गतेसम्म रिफाइन गरेको हो । ८६ तोला ९३ लाल सुन यसअघिको रिफाइन गरि भण्डार गरिएको थियो । त्यस्तै ६१ किलो ८ सय ग्राम चाँदी रिफाईन गरि भण्डारण गरेको छ । चाँदी २०७६ सालदेखि २०८० मंसिर १६ गतेसम्मको हो । भण्डार गरेको सुन र चाँदी आवश्यक प्रक्रिया पुरा गरेर विक्री गर्ने कार्यकारी निर्देशक प्रजिन हाङवाङले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ । विक्रीबाट प्राप्त आम्दानी आगन्तुक भक्तजनलाई सुविधा पुग्ने गरि भैतिक संरचना निर्माणमा खर्च गरिने बिकास समितिको भनाइ छ ।


126 पटक हेरिएको 








