बिराटनगर । इलाका प्रहरी कार्यालय चतरा, सुनसरीमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्री र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान प्रकाश राई पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित भएका छन ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने भन्दै सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्रीले २ सय ६६ किलोग्राम अवैध लागू औषध गाँजा बोकेको मे. १ च ५१९ नम्बरको एम्बुलेन्स, प्रदेश १-०२-०४७ प १२१६ नम्बरको मोटरसाईकल र को. २६ प ९४६३ नम्वरको स्कुटर सहित गाँजा ओसार पसारमा संलग्न भोजपुर हतुवागढी गाउँपालिका-४ का ३३ बर्षिय भुवन तामाङलाई पक्राउ गरेको साथै ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१७ का योगेन्द्र लिम्बुलाई पक्राउ गर्न सफल भएका थिए । प्रहरी जवान प्रकाश राईले कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सम्मानित भोजपुर जिल्ला अदालतको फैसलाले जनही ३ वर्ष कैद सजाय भई विगत ३० वर्ष देखि फरार रही ललितपुर महानगरपालिका-२५ स्थितमा डेरा गरी बस्दै आएका भोजपुर टेम्केमैयुङ गाउँपालिका-५ का ४६ बर्षिय पूर्ण हाङ राई समेत ६ जना प्रतिवादीहरूलाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरी जिल्ला अदालत भोजपुरमा बुझाउन सफल भए ।


80 पटक हेरिएको 








