कोशी नाम विरुद्ध प्रदेशभर प्रदर्शन

पथरी । प्रदेश सभाले प्रदेशको नामाकरण गरेको वर्ष दिन पुगेको छ । नामाकरण गरेकै दिनदेखि विरोध सुरु गरेको पहिचावादीहरुले बिहीबार प्रदेशभर विराेध प्रदर्शन गरेको छ । आन्दोलनरत घटक सस्था किरात याक्थुङ चुम्लुङ्की महासचिव निरन्ती तुम्बापोले उपत्यकाको अलबा ताप्लेजुङ, पाचथर, झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा, सङ्खुवासभा र सोलुखुम्बुमा प्रदर्शन भएको बताइन् ।

९३ सांसद रहेको प्रदेश एककाे सभाले गत वर्षकाे फागुन १७ गते ८२ जनाकाे बहुमत देखाउँदै ‘काेशी’ नाम पारित गरेको थियोे । त्यसमा, चार सांसदहरू विपक्षमा थिए । हस्ताक्षर गर्ने दलहरूमा नेकपा एमालेर नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल रहेका थिए । विपक्षमा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजबादी पार्टी (जसपा)नेपाल रहेका थिए ।प्रदेश नम्बर एक पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले फागुन १७ गतेलाई ‘अँध्यारो दिन’ काे संज्ञा दिदै आएको छ । चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले भने, ‘पहिचानविहीन काेशी मान्दैनौं । बहुमतकाे हुर्मत काढ्दै ल्याएको एकल गाेत्रीय नाम काेशी अस्वीकार गर्छाैँ ।’ जसपा, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष एवम् पछिल्लो वार्ता समितिका सदस्य जेन्टल लाओेतीले आन्दोलन र वार्ता सँगसँगै जाने प्रष्ट पारे । ‘हामी आन्दोलनमा पनि छाैँ । र, राजनीतिक निकासका लागि वार्तालाई पनि सँगसँगै लानेछाैँ । हाम्रो बटमलाईन भनेको काेशी खारेजी र पहिचानका आधारमा पुनः नामकरण हाे,’ लाओतीले भने ।

सङ्घर्ष समितिमा प्रदेश नं.१ पुन नामाङकन् अभियान समिति, नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समिति, शेर्पा संघ, यायोक्खा, चुम्लुङ्, राष्ट्रिय जनमुक्ति पार्टी (छ घटक), जनता समाजवादी पार्टीको किरात, लिम्बुवान राष्ट्रिय समितिहरु, संघीय मञ्च, माओवादी सम्बद्ध किरात, लिम्बुवान, देशभक्त समाजवादी मोर्चा, धिमाल मोर्चाहरु, नागरिक उन्मुक्ति पार्टी एकीकृत लिम्बुवान समिति, अन्य जातीय संस्थागरी ४० भन्दा धेरै संघ संगठनहरु आन्दोलित रहेका छन् । आन्दोलनका क्रममा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बुवान भाेलेन्टियर्सका उपकमान्डर पदम लिम्बु ‘लाजेहाङ’काे उपचारका क्रममा मृत्यु भएको थियोे ।  उनलाई नेपाल सरकारले पछि राष्ट्रिय सहिद घाेषणा गरेको थियोे ।

मोरङको पथरीमा भएको विरोध सभामा चुम्लुङ्की महासचिव निरन्ती तुम्बापो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलु लिङ्देन, नागरिक उन्मुक्ति पार्टीका नन्द याम्फु, धिमाल जातीय बिकास केन्द्रकि रुक्मेणी धिमाललगायतले सम्बोधन गरेका थिए । सभा अघि प्रदर्सनकारीहरुले कालो फेटा लगाएर नारा लगाउदै र्‍याली गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार