मोटरसाईकल सहित युवा पक्राउ

झापा । जिल्लाको अर्जुनधारा नगरपालिका-४ का २६ बर्षीय अमिर दनुवार चोरीको मोटरसाईकल सहित पक्राउ परेका छन् ।

असार ४ गते अर्जुनधारा-४ भाङबारी स्थितमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाईकल फेला पारेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका दनुवारको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार