१८ जनाले लिम्बू/याक्थुङ भाषा सिके

कमल(झापा) । लिम्बू/याक्थुङ् भाषाको सातदिने अनौपचारिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
किरात के चुम्लुङ (कमल गाउँपालिका ४ किरात चोक)को आयोजनामा सञ्चालित कार्यक्रम एक कार्यक्रमका बिच समापन गरिएको हो । साउन २० गतेदेखि औपचारिक रूपमा सञ्चालन गरिएको लिम्बू/याक्थुङ भाषा तथा किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रममा भाषिक अभियन्ता सेसेहाङ फियाकले सहजिकरण गरेका थिए भने १८ जना स्थानीय भाषाप्रेमीहरू सहभागी भएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कमलका अध्यक्ष वदि साम्पाङ राईको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ (कियाचु) झापाका सल्लाहकार सूर्य यक्पान्देन, प्रशिक्षक सेसेहाङ फियाक, कियाचु झापाका पूर्व सदस्य तथा किरात याक्थुङ चुम्लुङका संरक्षक सदस्य नरेन हाङ लिम्बू, कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू, किरात राई यायोख्खा कमल शाखाकी उपाध्यक्ष शेलिना राई, कियाचु कमल शाखा सल्लाहकार विरेन्द्र याक्थुङबा, कियाचुका आजीवन सदस्य बसन्तराज योङहाङ, कियाचु कमल-३ का अध्यक्ष हिमाल लेछर्वो लगायत प्रशिक्षार्थीहरू सुनिता लक्सम, सुमन केरूङ, रिस्ना लावती, विष्णु बेघा लगायतले भाषाको महत्वको वारेमा मन्तव्य राखेका थिए । प्रशिक्षार्थी चाँजमा सुनिता लक्सम र सुमन केरुङ क्रमश: पहिलो र दोस्रो भएका थिए ।

किरात के चुम्लुङका अध्यक्ष लक्ष्मी प्रसाद बेघाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा चुम्लुङकी उपाध्यक्ष जमुना केरूङले स्वागत मन्तव्य राखिन् भने सचिव राधिका केरूङ नेम्बाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार