बेलबारी । धिमाल प्रथम जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक ‘राम्पुका दामा’ काे एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएकाे छ ।
शुक्रबार बेलबारी नगरपालिकामा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले पुस्तक सार्वजनीकिकरण गरेका थिए । बेलबारी नगरपालिकाकाे बसाेबास रहेकाे प्रथम धिमाल जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तकमा बेलबारी नगरपालिका भित्रका धिमाल टाेलहरुकाे वस्तुगत अवस्था, स्थाननाम, ऐतिहासिक प्रमाण, जिवित संग्राहलय तथा हाेम स्टे सम्भावना लगायतकाे विषयमा खाेजी गरेर पुस्तकमा समावेश गरिएकाे अनुसन्धाता अजितकुमार धिमालले बताए । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले धिमाल समुदायले आफ्नाे ईतिहास आफैले लेख्न सुरुवात गरेकाेमा बधाई दिदै धिमाल समुदायकाे जिवित संग्रालय निर्माणकाे आधार तयार भएकाे दाबी गरे । धिमाल जातिकाे भाषा, संस्कृति संरक्षणका लागि आफै जागरुक हुनु पर्ने , नगरपालिका प्रथम जातिकाे विकासमा सदैव साथमा रहने आश्वासन दिए । विशिष्ट अतिथि लेखक तथा पूर्व सांसद हर्कमान तामाङले पुस्तककाे समीक्षा गरे । राम्पुका दामा पुस्तक धिमाल जातिकाे अध्ययन, अनुसन्धान गर्ने व्यक्तिहरुकाे लागि महत्वपूर् सन्दर्भ सामग्री बनेकाे उनले जनाए । त्यस्तै धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष केदार धिमालले धिमाल जातिकाे महत्वपूर्ण तथ्याङ्क र ऐतिहासिक ज्ञानहरु पुस्तकमा संग्रहीत भएकाे बताए । उनले अध्ययन र त्यसबाट प्राप्त ज्ञानले समुदायलाई अगाडि बढाउने भएकाले अध्ययनमा जाेड दिन आग्रह गरे । कार्यक्रममा समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरु तिलक राई, प्रताप थापा, धिमाल जातीय विकास केन्द्र, राष्ट्रिय सभाका उपसभापति कविन्द्रराज धिमाल, नेकपा (माओवादी केन्द्र) बेलबारी नगर समितिका उपाध्यक्ष मनकुमार गुरुङ, जातीय संस्थाहरुकाे तर्फबाट कमल गुरुङ लगायतले मन्तव्य राखेका छन् । त्यस्तै साेहि कार्यक्रममा धिमाल जाति सम्बन्धी तयार गरिएकाे डकुमेन्ट्री समेत प्रमुख अतिथि दिलप्रसाद राईले भिडियाे प्ले गरेर सार्वजनीकिकरण गरेका छन्। बेलबारी नगरपालिकाकाे सहयाेगमा निर्मित डकुमेन्ट्री काेशी नेपाल टीभीले निर्माण गरेकाे हाे ।


239 पटक हेरिएको 




