युवा मञ्चद्वारा आयोजित सिसेक्पा कप फुटसल पाचौँ संस्करण सकियो

काठमाडौँ । याक्थुङ युवा मञ्च, काठमाडौँ शाखाको आयोजनामा पाचौँ पटक सिसेक्पा कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
साउन २६ र २७ गते फुटसल भिलेज ढोलाहिटी ललितपुरमा सम्पन्न पुरुष फुटसल टुनामेन्टमा बुढानिल्कण्ठ फुटबल एकडेमी विजेता भएको थियो भने उपविजेता कोयू फुटसल कल्ब रहेको थियो । विजेता र उपविजेतालाई क्रमशः ७० हजार र ३५ हजार नगदसहित मेडल र ट्रफि प्रदान गरिएको थियो । टुनामेन्टमा बेष्ट प्लेयर, गोलकिपर, डिफेन्डर, हाइस्कोर फावार्डलाई नगदसहित मेडल प्रदान गरिएको थियो । टुनामेन्टमा ४८ टिम सहभागी भएको थियो ।
सिसेक्पा कफ फुटसल प्रतियोगिता याक्थुङ युवा मञ्चले युवाहरुलाई खेलकुदसँगै सामाजिक सहभागिता, सांस्कृतिक जागरण, सामुहिक एकतासँगै राजनीतिक चेत निर्माण होस् भन्ने उद्देश्यको साथ आयोजना गर्दै आएको छ । सिसेक्पा तङ्नाम (साउने सक्रान्ति)लाई लिम्बू समुदायले अनिकाल खेदाउँदै साहकाल भित्राउने पर्वको रुपमा मनाउँदै आइरहेको छ । यसै पर्वको अवसर पारेर याक्थुङ युवा मञ्च, काठमाडौँ शाखाले नियमित रुपमा हेरक वर्ष कार्यक्रम गर्दै आएको छ । यो पटक पाँचौँ संस्करण सम्पन्न गरेको छ ।
फुटसल प्रतियोगिताको कार्यक्रममा राष्ट्रिय टिमको क्याप्टेन किरण चेम्जोङ(गोलकिपर)लाई सम्मान गरेको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा एन्फाको महासचिव किरण राई र प्रतियोगिता समापनमा प्रमखु अतिथिको रुपमा पूर्व मिस नेपाल माल्भिका सुब्बाको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार