पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडि ५५११ नम्बरको भारतीय ट्रकको ठक्करबाट प्रदेश १-००२-०४०प ६०२५ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका ११ का २५ वर्षिय टार्जन राईको घटनास्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताएका छन् । उनको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा पठाइएको छ । भारतीय ट्रक र ट्रकका चालक ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पथरी प्रहरीले जनाएको छ ।


68 पटक हेरिएको 












