आत्मानन्द गोल्ड कप:  दुधे झापाले मोरङलाई घर फर्कायो

माङसेबुङ (इलाम) । दुधे युथ क्लब, झापा इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्रष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आत्मानन्द रंगशालामा बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरिजङ्गा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको हो । दुधे झापाको जितमा राजेश दाहाल र प्रदिप बुढाथोकीले समान एक गोल गरे । पहिलो हाफ गोलरहित भयो । खेलको ४३ औं मिनेटमा दुधे झापाले राजेश दाहालको गोलमा अग्रता बनाए । त्यसपछि खेलको ५७औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै २–० को जित दिलाए । खेलको मेन अफ दी म्याच दुधे झापाका निकेश श्रेष्ठ घोषित भए । उनले ट्रफी, मेडल र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा सञ्चालन भईरहेको प्रतियोगितको भोलि शुक्रबार हुने दोस्रो सेमिफाइनल खेल दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापा र तिजोक युवा क्लव, पाँचथरबिच हुने आयोजक आत्मा पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए । खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार