अवैध लसुन बरामद 

बिराटनगर । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ०९ स्थित रोडशेष चोकमा अवैध लशुन प्रहरी बरामद गरेको छ । मंसिर १३ गते, जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । प्रहरीले अबैध रुपमा भन्सार छली चोरी निकासी गर्न प्लाष्टिकको बोरामा प्याक गरी सडक किनारमा राखेको अबस्थामा अन्दाजी ३७५ के.जि. लसुन नियन्त्रणमा लिएको छ । नियन्त्रित लसुन आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय रानीमा  बुझाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार