शनिश्चरे । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. ४ मा लघु उद्यम विकासका लागि सामाजिक परिचालन कार्यक्रमको एकदिने सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार वडा नं. ४ मा सो कार्यक्रम गरिएको आयोजक पथरी शनिश्चरे नगरपालिका लघु उद्यम शाखाकी प्रमुख भगवती कटुवालले जानकारी दिइन् । वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडा सदस्यहरु मिना विश्वकर्मा, उपेन्द्रबहादुर कार्की लगायत वडावासीको कार्यक्रममा उपस्थिति रहेको थियो ।


88 पटक हेरिएको 









