अनुदानको मलको निरीक्षण

पथरी । पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिद्वारा साना किसान कृषि सहकारी संस्था लि.को अनुगमन तथा निरीक्षण गरिएको छ ।

पथरी शनिश्चरे वडा नं. ५ हसन्दह बजारमा स्थापित सो कृषि सहकारी संस्था लि.मा अनुदानका मल वितरणको अनुगमन तथा निरीक्षण गरिएको हो । अनुगमन तथा निरीक्षण पश्चात् नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देवीमायामाया काफ्लेले संस्थालाई विल विजक जारी नगरेकोले जारी गर्नुपर्ने निर्देशन दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार