शान्ति ब्रह्मा कुमारी राजयोग पाठशालाको भवनको शिलान्यास

पथरी । ॐ शान्ति ब्रह्मा कुमारी राजयोग पाठशाला पथरी शनिश्चरे १ ले भूमि पुजन तथा दुई तले भवनको शिलान्यास गरेको छ।
आज बिहान पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे र उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले शिलान्यास गरिएको हो ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे हाम्रा आचरण-व्यवहारहरू परिवर्तन गर्नु पर्ने भन्दै सकरात्मक सोच विकास गर्नुमा जोड दिए ।
ब्रह्मा कुमारी राजयोग कोशी प्रदेश प्रमुख गीता दिदीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राई, संविधानसभाका सभासद् चण्डीप्रसाद राई, आचार्य पण्डित केवल कृष्ण अधिकारी, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, सब डिभिजन कार्यालय पथरीका प्रमुख त्रिभुवन शाह, पथरी बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष माधवप्रसाद कोइराला, पथरी खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष जयराम बिष्ट, पथरी जेसिसका अध्यक्ष राजकुमार विश्वकर्मा, पथरी शनिश्चरे स्वास्थ्य प्रमुख मुरारी प्रसाद आचार्य, सुनाखरी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदिप कुमार राई , पञ्चायत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद बास्कोटालगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार