पथरी । चासोक तङ्नामको अवसरमा सिरिजंगा धार्मिक स्मृति धार्मिक बन पथरी शनिश्चरे १० मा मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।
आयोजक किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरी शनिश्चरे र सिरिजंगा स्मृति धार्मिक बन उपभोक्ता समूहको आयोजनामा प्रतियोगिता भएको हो। आज भएकाे उद्घाटन खेल उर्लाबारी र बेलबारीबीच प्रतियोगिता भयो । स्पर्धामा उर्लावारीले विजय हासिल गरेको खेल संयोजक धन प्रसाद मुदेनसंग साँवाले बताए।
उर्लाबारी र बेलबारीको अलबा प्रतियोगितामा ८ टिमले सहभागी जनाएकाे छ। अब विर्तामोड भलिबल टिम, विराटनगर रानी, साकेला गाउँपालिका खोटाङ, एम एस मोरङ, सयपत्री क्लब बेलबारी र अरुणदय इङ्लिस बोडिङ स्कुलले प्रतियोगितामा स्पर्धा गर्नेछ।
पुष २ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार र दोस्रो हुनेलाई ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने चुम्लुङ नगर अध्यक्ष प्रेम बहादुर पड्याङगूले बताए । स्व.आमा सुसिला तुम्बाहाङफे कन्दङवा लिम्बुको सम्झनामा एभरेष्ट अङ्ग्रेजी मावि पथरी शनिश्चरेका सञ्चालक रविन कन्दङ्वाले प्रथम र दोस्रो पुरस्कारको नगद प्रायोजन गरेको छ ।
चासोक तङ्नाममा लिम्बू समुदायको ऐतिहासिक साँस्कृतिक के :लाङ, माङ्लाङ, येवालाङ, याराक्मा, हाक्पारे, ख्याली स्पर्धा पनि हुनेछ । कार्यक्रम मोरङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।


121 पटक हेरिएको 











