पथरी । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ ।
मंसिर ३ गते सुनसरीको इटहरी उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्रदेश १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिइ घटना भयो । घटना बाट घाईते भएका मोटरसाईकल चालक रंगेली नगरपालिका-६ का ४३ बर्षीय बलराम सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।
त्यसैगरी दुहबी नगरपालिका- ८ स्थितमा बागमती प्रदेश ०१-०२७ च ०४८२ नम्बरको कारले पैदल यात्री स्थानीय ४५ बर्षीय गणेश गुप्तालाई ठक्कर दिंदा घाईते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको भयो ।
झापाको मेचीनगर नगरपालिका-८ स्थित मे. ७ प १२३४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मेचीनगर-६ का ३४ बर्षीय दिवश प्रधानको बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक दुहवी-१० का २३ बर्षीय अविराम माझी र कार चालक सुन्दरहरैचा-३ का २४ बर्षीय राम नाथ जोगीलाई प्रहरीले नियन्त्रमा लिई आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।


76 पटक हेरिएको 











