कवर्डहल बन्यो

 94 पटक हेरिएको

पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कवर्डहलको उद्घाटन गरेका छन् ।

पथरी शनिश्चरे वडा नं. १० मा बनेको कवर्डहल प्रमुख तुम्वापोले उद्घाटन गरेका हुन् । पथरी शनिश्चरे नगरपालिकाको २३ लाख बढी लगानी, व्याडमिन्टन खेलाडी र स्थानीय सरोकारवाला संघ संस्थाहरूको आर्थिक सहयोगमा कवर्डहल निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने दाताहरुलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । पथरी शनिश्चरे व्याडमिन्टन क्लबका अध्यक्ष सनम मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. २ का अध्यक्ष नैना राई, वडा नं. १ का अध्यक्ष भिम राई, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, समाजसेवी बाबुराम राई, युवा व्यवसायी एवं सुनाखरी माविका वि.व्य.स. अध्यक्ष प्रदिप कुमार राई, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार