अपाङ्गता भएकालाई जाडोको न्यानो कपडा

 129 पटक हेरिएको

पथरी । पथरी शनिश्चरे नगरपालिका वाड नं-१ ले अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ।

वडाको कार्यालयमा आयोजित  कार्यक्रममा न्यानो ज्याकेट (कपडा) वितरण गरिएको हो। कपडा वडाभित्रका अपाङ्गता भएका ४० जनालाई वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिए । बाँकी १० जना अपाङ्गता भएका वडावासीहरूलाई पनि वितरण गरिने बताइएको छ । कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८१/०८२ मा ४० हजार बजेट विनियोजन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार