मगर पोषाक तथा बाजा वितरण 

 26 पटक हेरिएको

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले “वडा नम्बर आठको आकृति, जोगाऔं हाम्रो संस्कृति” कार्यक्रम अन्तर्गत मगर समुदायलाई पोषाक र वाजा वितरण गरेको छ ।

आर्थिक बर्ष २०८१/०८२ को बजेट पचास हजारबाट वडा भित्र बसोबास गर्ने मगर जातिको परम्परागत पोषाक, हुरा नाच्नको लागि आवश्यक बाध्यबादनका सामाग्री वितरण गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताएका छन । वडा नम्बर ८ ले लिम्बूको के:लाङ (च्याब्रुङ नाच), राईको साकेला सिलि, नेपाली नौमती बाजा एक/एक महिना नि:शुल्क प्रशिक्षण तथा बाजा वितरण, थारु जातिको परम्परागत पोषाक वितरण, भजन किर्तन समूहहरुलाई सामाग्री बितरण साथै गाउँघरमा प्रचलित परम्परागत आरन संरक्षण कार्यक्रममा मेसिनहरु वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार