
पथरी । बिहीवार पथरी शनिश्चरे नगरपालिकामा खेलमैदान (प्याराफिट) निर्माण सम्वन्धमा सर्वपक्षीय भेला सम्पन्न भएको छ ।
पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित खेल मैदानमा प्याराफिट निर्माण गर्न पथरी शनिश्चरे नगरपालिकाबाट आ.व. २०८१/०८२ मा रु. ५० लाख वजेट विनियोजन भएको र सो निर्माण सम्वन्धमा सर्वपक्षीय भेला गरिएको हो । सर्वपक्षीय भेलाले नगरका आम युवा तथा खेलाडीहरुको लागि खेलमैदान स्तरोन्नति गर्न आवश्यक रहेको खेलमैदान निर्माण हुँदा वन वनस्पति तथा वातावरणीय क्षेत्रमा असर नपर्ने अवस्था रहेकोले सो खेलमैदानमा प्याराफिट निर्माण गर्न नगरपालिकाबाट योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउन उपस्थित राजनैतिक दल, सामाजिक व्यक्तिहरुले सहमति जनाएका छन् । सर्वपक्षीय भेलामा नगरका उप–प्रमुख देविमाया काफ्ले, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), निवर्तमान उप–प्रमुख यमुना बिष्ट बास्तोला, वडा नं. १ का अध्यक्ष भीम राई, नेकपा (एकीकृत समाजवादी)का नगर अध्यक्ष तुलसी ढकाल, नेपाली कांग्रेसका नगर सचिव सन्तोष कटुवाल, नेकपा माओवादीका प्रदेश सल्लाहकार शिवप्रसाद तिम्सिना, सञ्चारकर्मी अर्जुन जम्नेली राई, वसन्तकुमारी राई, शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङ, नगरका कानूनी सल्लाहकार दीपक राई, नेकपा एमाले वडा नं. १ का अध्यक्ष प्रदिपकुमार राई, सामुदायिक वन उपभोक्ता महासंघ नगर सचिव हेमभक्त तमु, पथरी जेसीजका अध्यक्ष निर्मला भट्टराई, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, खेलप्रेमी युवाहरु लगायतको उपस्थिति रहेको थियो ।