
पथरी । पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिकामा क्षयरोगीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।
बी.एन.एम.टी. नेपालबाट सावित्री बस्नेत फण्ड फर टी.वी. र बी.एन.एम.टी. युकेको आर्थिक सहयोगमा संचालित कार्यक्रम माघ २७ गते पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकामा वितरण गरिएको हो । क्षयरोगीलाई चामल, दाल, तेल, चना, सर्वाेत्तम पिठो, अण्डा र सोयाविन तेल वितरण गरिएको थियो । पथरी शनिश्चरेमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत एकराज खत्री लगायतले वितरण गरेका छन् ।बी.एन.एम.टी. नेपालको पोषण खाद्यान्न सहयोग परियोजना अन्तर्गत न्यून आयस्रोत भएका टी.बी. रोगबाट प्रभावित बिरामीहरुको लागि उपचारको ६ महिनासम्म मासिक रुपमा उपलब्ध गराइनेछ ।