
पथरी । झापा र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १९ गते झापाको बिर्तामोड -१ बाट इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ का ३३ बर्षीय दिनेश माझीलाई चेकजाँच गर्दा उनको साथबाट ६५० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
यस्तै इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-८ का ३३ बर्षीय बिकाश चुडाल र दमक-२ का २८ बर्षीय दिपक दियालीलाई ट्रामाडोल १७० क्याप्सुल र स्पास्पेन १७० चक्कि सहित दमक-६ बाट पक्राउ गरेको हो । सुनसरीको धरान-३ बाट वडा प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धरान-१० का २७ बर्षीय बिनय देवान, ३५ बर्षीया सृजना गुरुङ र धरान-१६ का २८ बर्षीय कुविर श्रेष्ठलाई ट्रामाटोल ५०० क्याप्सुल र डिकोलिक ५०० चक्की सहित नियन्त्रणामा लिएको छ । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-१५ की ४५ बर्षीया रेशु राई र धरान- ३ का ३७ बर्षीय राजु तामाङलाई ट्रामाडोल ४०८ क्याप्सुल र स्पास्मो २४४ चक्की सहित नियन्त्रणमा लिएको हो ।