
पथरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको जग्गाको सट्टा सम्वन्धमा पथरी शनिश्चरे नगरपालिकामा छलफल भएको छ ।
मोरङ जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको संयोजकत्वमा छलफल भएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने लगायतले नगरपालिकाको कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्रको जग्गाको सट्टा सम्वन्धमा विस्तृत जानकारी गराए ।
यसैगरी आमन्त्रितहरुमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्वर वस्ती, वडा अध्यक्षहरू भीम कुमार राई, नैना राई, चेतेन्द्र खड्का, उद्धवराज बस्नेत र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । पोखरेल कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको जग्गाको सट्टाभर्ना पाएका जग्गाधनीलाई जग्गा भोगचलनको प्रवन्ध मिलाउने सम्वन्धमा गठित समितिको संयोजक समेत हुन् ।