वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
आज वडा नं. १ का वडाध्यक्ष भीम राईले चैत १७ गतेदेखि चैत २५ गतेसम्म वडास्तरीय फुटबल प्रतियोगिता हुने जानकारी गराए। पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाको प्रतियोगितामा सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाले ३१ हजार, द्वितीय स्थान हासिल गर्ने वडाले २१ हजार र प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरु प्रदान गरिने वडाध्यक्ष राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार