बिराटनगर । बैशाख १७ गते जनता समाजबादी पार्टी (जसपा) नेपाल मोरङ जिल्लाको अधिबेशन हुने भएकाे छ।
बिहिवार बसेको जनता समाजवादी पार्टी नेपाल मोरङ जिल्लाको बिस्तारित बैठकले सो निर्णय गरेको हो । स्थानीय तहको अधिबेशन बैशाख ५ गते भित्र सक्ने गरी सबै पालिकामा जिल्लाबाट अधिबेशन सम्पन्न गर्न अभियान्तासमेत तोकिएको छ। जिल्ला अधिबेशन सम्पन्न गर्न राकेश रोशन यादव संयोजक रहने गरी ५ सदस्य प्रचार प्रसार समिति गठन पनि गरेको छ। बैठकमा केन्द्रिय नेताहरु सजय सिह, अर्जुन थापा, कुन्ता राई, लेखा समिति सदस्य महेश्वर यादव,१ नम्बर प्रदेश अध्यक्ष दिपक याक्खा, प्रदेश सचिव अनिल ठाकुरलगायतको उपस्थिति रहेकोे थियो ।
जिल्ला अधिबेशन सम्पन्न गर्न जिल्ला कार्यसमिति, स्थानीय तहका पालिका अध्यक्ष, विभिन्न भातृ संगठनकाका अध्यक्षहरु रहने गरी मूल आयोजक समिति गठन गरिएकाे जसपाका माेरङ जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।


83 पटक हेरिएको 




