बन्दुकसहित ३ जना पक्राउ

बिराटनगर। मोरङ र धनकुटाबाट ४ नाल भरुवा बन्दुक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २४ गते साँझ इलाका प्रहरी कार्यालय बेलबारीले केराबारी गाउँपालिका-८ आमजुङगी सामुदायिक वनबाट केराबारी-८ का ४४ बर्षीय मणीराज याख्या राई र ३४ बर्षीय डिल्ली कुमार कार्कीलाई ३ नाल लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

त्यसैगरी धनकुटाको प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी टोलीले छथरजोरपाटी गाँपालिका-४ का २८ बर्षीय राम कृष्ण लिम्बुलाई लोड भएको १ थान भरुवा बन्दुक बोकी हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार