
पथरी । नेकपा एमाले पथरी शनिश्चरेको अध्यक्षमा बिहिवार संजिब गिरी निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो । उपाध्यक्ष मा नैना राई, सचिवमा बिराेज मगर र उपसचिवमा मणि लिम्बू, महिला उप सचिवमा चन्द्रकला कार्की लगायत ५३ जना सदस्य निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित गिरी राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य हुन् । दोस्रो अधिबेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिब र खुला उपसचिव पदमा निर्वाचन भएको थियो ।
को-को निर्वाचित भए ?