हाउस वाइरिङ तालिम सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा हाउस वाइरिङ तालिम सुरु भएको छ ।
मंगलबार वडा नं. ४ को किर्तिपुर बजारमा दलित सेवा संघ नगर समितिको आयोजनामा हाउस वाइरिङ तालिमको उद्घाटन भएको हो । दलित लक्षित कार्यक्रम अन्तर्गत ३० दिने  तालिमको पथरी शनिश्चरे वडा नं. ३ का वडा सदस्य सम्झना नेपालीले उद्घाटन गरेकी हुन् । दलित सेवा संघका अध्यक्ष रामप्रसाद परियारको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव कुवेर घटानीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार