विराटनगर । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधनसहित ओसार पसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख १५ गते राति धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका-३ स्थितबाट प्र.१-०२-००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे संगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ । गाँजा बोकेको २ वटा सवारी साधन सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


69 पटक हेरिएको 









