आदिवासी जनजातिहरूको अधिकार सम्वन्धी सचेतना कार्यक्रम

पथरी । आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम पथरीमा सुरु भएको छ ।
आज पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा भएको सचेतना कार्यक्रमको उद्घाटन गरिएको हो । पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना भएको कार्यक्रममा नागरिक धिमाल व्यवस्थापन समितिका सल्लाहकार तिलक धिमाल, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र वनेम, सहजकर्ता प्रेम घिसिङ, पूर्व जनप्रतिनिधि एवं धिमाल विकास केन्द्रको केन्द्रीय सचिव रोमान्सी धिमाललगायतले शुभकामना मन्तव्य राखेका छन् । सचेतना कार्यक्रममा नगरका १४ वटा टोलबाट २ जनाको दरले उपस्थिति रहेको र कार्यक्रम समापन भोलि हुने अध्यक्ष भुवन धिमालले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार