अधिकार सम्वन्धी सचेतना कार्यक्रम सकियो

पथरी । आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी सचेतना कार्यक्रम सकिएको छ ।

शुक्रबार पथरी शनिश्चरे वडा नं. १ को मनोहर पार्कमा भएको सो समापन कार्यक्रमको प्रमुख अतिथि नगर उप–प्रमुख देवीमाया काफ्ले रहेकी थिइन् । पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना भएको सो कार्यक्रमको मुख्य सहयोग पथरी शनिश्चरे नगरपालिका रहेकोे थियो । २ दिनसम्म संचालित सचेतता कार्यक्रममा नागरिक धिमाल व्यवस्थापन समितिका सल्लाहकार तिलक धिमाल र प्रेम घिसिङले सहजीकरण गरेका थिए । पूर्व जनप्रतिनिधि एवं धिमाल जातीय विकास केन्द्रकी सचिव रोमान्सी धिमाललगायतले मन्तव्य राखेको  सचेतना कार्यक्रममा नगरका १४ वटा टोलबाट प्रशिक्षार्थीहरुको उपस्थिति रहेको सचिव पदम धिमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार